मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

युवा रेडक्रस सर्कल कृषि क्याम्पसद्वारा सरसफाई

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ पौष २०८१, सोमबार

भैरहवा । युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘सरसफाई तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकी अध्यक्ष सुचना थापाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले मानव स्वास्थ्यका लागि पनि आफनो घर–आँगन मात्र नभइ बाह्य वातावरणको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा.रामभजन मण्डल, रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा, पूर्वअध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य सुदिप शर्मा तिमिल्सिना लगायतले विद्यार्थीहरु पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिनुका साथै सरसफाईको महत्वबारे भनाइ राखेका थिए । 

युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकी कार्यसमिति सदस्य शान्ति बोगटीको स्वागत तथा सचिव रणसिंह सुवेदीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसलाई नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाले विभिन्न सरसफाई सामग्रीहरु डस्टबीन, ग्लोब्स्, माक्स, झाडु र रेडक्रस अंकित एप्रोनहरु उपलब्ध गराएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार