निर्वाचन लक्षित कडाइ: रुपन्देहीमा मदिरा बिक्री–वितरणमा पूर्ण रोक

Ujyalosandeshonline 11469+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा विक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म फागुन १५ शुक्रवार देखि जिल्लामा मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार