मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कोटहीमाई-३ का वडाध्यक्ष कार्यालयमा नबस्दा सेवाग्राहीलाई निक्कै सास्ती

Ujyalosandeshonline 11474+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

मर्चवार । रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका-३ का वडाध्यक्ष कार्यालयमा नबस्दा सेवाग्राहीले निक्कै सास्ती पाएका छन् । कोटहीमाई गाउँपालिकाका-३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेय कार्यालयमा नआउदा सेवाग्राहीले निक्कै सास्ती पाएका हुन् ।

भारत रोजगारीको लागि जानलागेका  कोटहीमाई ३ का १९ वर्षीय धर्मेन्द्र यादवले नागरिकताको सिफारिशका लागि एक हप्तादेखि कार्यालय धाईरहेका छन्। तर वडाध्यक्षको अनुपस्थितिले उनी सो सिफारिश पाउन सकेका छैनन्। उनी भन्दछन 'म रोजगारीको लागि भारत जादैछु त्यहाँ काम गर्नको लागि नागरिकता वा अन्य सरकारी प्रमाण आवश्यक छ तर विना नागरिकताको कुनै सरकारी प्रमाण पाइदैन। एक हप्तादेखि वडा कार्यालय आउने जाने गर्दछु। वडाध्यक्ष नआएको भन्दै कर्मचारीले फर्काउने गर्दछन्। ' 

यसैगरी अर्का सेवाग्राहीले विमला देवीले जग्गा विक्रीको सिफारिश लिन विगत ४ दिन देखि वडा कार्यालय धाईरहेकी छिन्। कर्जा चुक्त गर्ने भनी उनी जग्गा बिक्री गर्न लागेकी उनी बताइन्। वडाध्यक्ष नहुदा कर्मचारीले उनलाई सेवा दिन सकेका छैनन्। 

इ त उदाहरण मात्र हो यस्ता विभिन्न सेवा लिन आउने विभिन्न सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। वडाध्यक्षले आफुले उपस्थित हुननसक्दा कसैलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी नदिएको वडा सचिव रामनाथ यादवले बताए। उनले भने ' मैले दिनुपर्ने पन्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धित सेवा दिएकोछु। वडाध्यक्ष नआउदा उहाँले दिनुपर्ने सेवा प्रभावित भएको देखिन्छ। उहाको आस्थायी घर रहेको भारतको नौतनवा बस्दै आउनुभएको क। ' जबरजस्ती करणीको आरोपमा वडाध्यक्षको छोरा पक्राउ परेदेखि उनी नआएको उनले  बताए। छोराले गरेको गल्तीले उनी नआएको अनुमान गरिएको सचिव यादवले बताए। 

मर्चवारमा भएको घटनाले कुनै कार्यालयको सेवा प्रभावित नगर्न युथभिजन क्लब कोटहीमाई ३ का अध्यक्ष हेमन्त यादवले आग्रह  गरेका छन्। उनले भने ' मर्चवारमा भएको बलात्कारको घटनामा उनको छोराको संलग्नता भएपनि वडाध्यक्षको के गल्ती ?, उनले वडा कार्यालयमा आएर वडावासीलाई सेवा‌ दिनुपर्छ। ' वडाध्यक्षको उपस्थित नभए र कुनै सदस्यलाई कार्यभार नदिए वडावासीले वडा कार्यालयमा तालाबन्दी गर्ने उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार