मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

पछिल्लो समय मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार

Ujyalosandeshonline 12438+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

मुगु । पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त हावापानि भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोवार भएको छ ।

महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका २ दर्जनभन्दा बढी स्थानिय कृषकहरुले परम्परागत मुडे घारमा मौरी ब्यावसाय गर्दै आफ्नो जिवन निर्वाह गर्दै आई रहेका छन् ।

मह कृषक रुप बहादुर सेजुवालले पुर्खादेखी यही मौरी खेती गर्दै आएको बताए । उनले बर्षमा १ लाखदेखी २ लाखसम्म मह बिक्री गरेर आम्दानि गरेको घर खर्च चलाउनमा सहयोग पुगेको बताए । 

मह किन्नको लागि ग्राहक घरमै आउने प्रति मानाको १ हजारदेखी १५ सयसम्म जिल्लामा दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको समेत उनले बताए । उनले भने, ‘बर्षमा २ पटक मह निकाल्ने गरेको छु । जिल्लामा मौरी सम्बन्धि तालीम, गोष्ठी, अनुदानका कार्यक्रम सन्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन ।’

आधुनिक घारमा मौरी नहुेने पुरानै मुडे घारमा मौरी बस्ने र मह राम्रो हुने गरेको कृषकहरुको भनाइ छ । आर्थिक स्रोत र अनुदान नपाउँदा बर्षेनी मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।

मुगु जिल्ला कृषि बिकास कार्यालयको आ.व २०८०।०८१को तथ्यांक अनुसार जिल्ला भरी ५ हजार ५ सय मैरी घार रहेका छन् । गर्त बर्ष भन्दा यो बर्ष मह उत्पादन निकै राम्रो भएको देखिन्छ । सरदरमा प्रति मुडे घारमा ५ के.जीको दरले २० हजार, ५ सय केजी घरमा खाने, आफ्न्तहरुलाई नासो दिने बाँकी रहेको मह बिक्री गरेर जिल्लामा १ करोड भन्दा बढी आर्थिक रकम जिल्लामा भित्रीएको देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार