मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


क्यानडासँग दोस्रो खेलमा पनि पराजित भयो नेपाल

Ujyalosandeshonline 11474+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ ।क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ ।

सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो । 

नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो । कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए ।

टिमको स्कोर ८ रन हुँदा आशिफ शेख १२ बलमा २ रन बनाउँदै आउट भएका थिए । त्यसपछि भीम सार्की ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर २–२० रहेको थियो । 

अर्जुन साउद तेस्रो विकेटको रुपमा १० रन बनाएर आउट हुँदा नेपालको स्कोर ३–२० नै रह्यो । टिमको खातामा थप १० रन थपिएपछि कप्तान रोहित पौडेल ४ रन बनाएर रन आउट भए । पाँचौं विकेटको रुपमा अनिल साह आउट हुँदा नेपालको स्कोर १२ ओभरमा ५–३६ भएको थियो । अनिल साह १ रनमा आउट भएका थिए ।

त्यसपछि आरिफ शेख र गुलसन झाले पारि सम्हाल्ने प्रयास गरेका थिए । आरिफ सातौं विकेटको रुपमा ७० रनको स्कोरमा आउट भए । आरिपफले १० रन बनाए ।

खेलाडी आउने जाने क्रम चलिरहेका बेला गुल्सनले भने ३० प्लसको ब्यक्तिगत स्कोर गरे । उनी ५६ बलमा ३४ रन बनाएर आउट भएका थिए । उनले समान दुई चौका र छक्का प्रहार गरे । 

गुलसन पछि सोमपाल कामी र सन्दीप लामिछाने मिलेर नेपालको  स्कोर १०० कटाए । टिमको स्कोर १४२ रन हुँदा सोमपाल आठौं विकेटको रुपमा पभेलियन फर्किए ।  सोमपाल २१ रन बनाएर आउट भएका थिए । 

त्यसपछि सन्दीप र करण केसीले टिमलाई अघि बढाए । सन्दीप लामिछानले ४८ बलमा ४९ रनको पारि खेलेर आउट भए । १ रनले अर्धशतक बनाउन असफल भएका थिए । सन्दीपले आफ्नो पारिमा १ छक्का र ५ चौका प्रहार गरे ।  

४६.१ ओभरमा करण केसी अन्तिम विकेटको रुपमा पभेलियन पर्किएपछि नेपालको पारि १८१ रनमा समेटियो । करणले २८ बलमा २४ रन बनाएका थिए । नेपालको पारि ध्वस्त बनाउँदा क्यानडाका कलिम सानाले ३ विकेट लिँदा डिलोन हेलिगर र हर्ष ठाकरले दुई दुई विकेट लिए ।

जवाफमा१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै जीत दर्ता गर्न सफल भयो ।

क्यानडाका ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भए पनि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जित नजिक लगेका थिए ।

धालिवालले सर्वाधिक ८७ रन बनाउँदा १ सय १३ बल फेस गरे । खेल अवधिभर उनले ८ चौका र ४ छक्का प्रहार गरे । यसैगरी प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए ।

हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले ११ रनको नटआउट पारि खेले । नेपाल सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी, गुलशन झा र ललित राजवंशीले एक एक विकेट लिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार