मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

खेलमन्त्री भन्छन् ‘खेलाडीको बक्यौता यही हप्ता आउँछ’

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

काठमाडौं । पुरस्कार घोषणा गरेर पनि नबाँडेको सरकारले यही साता खेलाडीको बक्यौता फछ्र्यौट गर्ने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।

राजधानीमा शनिबार विश्वकपको जर्सी सार्वजनिक कार्यक्रममा उनले खेलाडीहरुको पुरस्कारको विषय खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढेर अर्थ मन्त्रालयमा पुगेको बताए ।  

उनले भने, ‘सबै जना जिम्मेवार र आफ्नो ठाउँबाट काम गर्न सक्ने हो भने खेलकुदको लागि नयाँ युग नै सुरुवात हुन्छ । खेलाडीहरुको पुरस्कारको कुरा पनि खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढाएर अहिले अर्थ मन्त्रालयमा छ । हामी सबैको आशा छ, यो हप्ताभित्र खेलाडीहरुको त्यो बक्यौताहरु सबैले पाउनु हुन्छ ।’

उनले नीतिगत तहमा केही उपलब्धीहरु हासिल भएको उल्लेख गर्दै खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई आबद्ध गराउने विषयमा छलफल जारी रहेको बताए । खेल क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रसँग संवादमा रहेको उनले जानकारी गराए ।

उनले भने, ‘हामीले नीतिगत तहमा पनि केही उपलब्धीहरु हासिल गर्न सफल भएका छौं । अब खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई पनि कसरी आबद्ध गर्ने कुराहरु छलफल गर्दा यो पालिको मौद्रिक नीतिमा पनि कर्पोरेट क्षेत्र, वित्तीय संस्थाहरुले पनि खेलकुदलाई कसरी माथि उठाउने, त्यसमा उहाँहरुको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारीहरुलाई कसरी खर्च गर्ने भन्ने कुरा छलफल गर्दा त्यसमा पनि सकारात्मक कुराहरु आएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार