मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त

Ujyalosandeshonline 11474+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

विराटनगर । लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् । फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ । माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पु¥याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ। यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ ।

इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् । त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर हराएका छन् । स्थानीयका अनुसार उनीहरू घरभित्रै रहेका बेला पहिरोले बगाएको हो । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार