मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सप्तरीमा ३९६ किलो गाँजा बरामद

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५, महादेवा टोलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार बिहान चन्द्र नहरको डिल नजिकैको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलोग्राम गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १७ वटा पोकामा प्याक गरी फालिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । बरामद गरिएको गाँजालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कल्याणपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा ६ वटा पोका र त्यसको ३०० मिटर पश्चिममा थप ११ वटा पोका फेला पारेको थियो । यो घटनाले यस क्षेत्रमा लागुऔषध तस्करीको सक्रियतालाई पुनः उजागर गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार