मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान

दान बहादुर बुढा 45+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

मुगु । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि अवसर र लगानीको अभावले लामो समयदेखि ओझेलमा परिरहेको मुगुमा पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न शहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ ।

मुगुको स्याउ सिजनमा त ताजा फलका रूपमा बजारमा बिक्री हुने गरेको छ भने अफ–सिजनमा खेर जाने स्याउलाई प्रयोगमा ल्याउन किसानले नयाँ सीप सिक्न थालेका छन् । जिल्ला भित्रका विभिन्न स्थानमा किसानलाई जाम, जेली, जुस, चाना, अचार लगायतका परिकार बनाउन तीन दिने तालिम दिइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना इकाई मुगुका प्रमुख तेजविक्रम मल्लका अनुसार, ‘तालिमपछि किसानलाई परिकार बनाउन आवश्यक उपकरण खरिद गर्दा कुल मूल्यको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइन्छ । यसले स्याउ खेर जाने समस्या कम गरी किसानलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्नेछ ।’

तालिमपछि किसानहरू उत्साहित भएका छन् । प्रशिक्षक हरिकृष्ण बिष्टका अनुसार, ‘यो तालिम अन्त्य नभई सुरुवात मात्र हो । किसानले घरमा गएर उत्पादनलाई परिकारमा परिणत गरी बजारमा पु¥याउन सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । विदेश जानु भन्दा आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्ने अवसर यसले खोल्छ ।’

यसअघि राम्रो गुणस्तरका दाना मात्र बिक्री हुने र बाँकी स्याउ परिवार, पशुपालन वा नष्ट गर्नुपर्ने अवस्था थियो । तर अब किसानले जुस, जाम, जेली, अचार, भुजालगायतका वस्तु बनाउन सीप सिकेका छन् । तालिममा सहभागी किसान शिव बुढाले भने, ‘पहिले खेर जाने स्याउ अब आम्दानीको स्रोत बन्न सक्छ भन्ने आत्मविश्वास बढेको छ । यो सीपलाई व्यवसायीक बनाउन हामी लाग्नेछौँ ।’ मुगुमा स्याउ उत्पादन अत्यधिक मात्रामा हुने भएकाले यसको व्यवस्थित उपयोग भए जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने किसानहरूको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार