मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

गृहमन्त्रीको दाबी : रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कोही असुरक्षित हुँदैनन्

Ujyalosandeshonline 11005+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदो र क्रियासील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन आज(शनिबार)देखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी खुला गरेको स्पष्ट पारेका छन् ।

नियम र कानुनको पूरा पालना गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएको उल्लेख गरेका उनले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गरे । 

शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाडौंको थापाथलिमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत जनतासँग प्रत्यक्ष भेटेर करिब आधा घण्टासम्म विभिन्न व्यक्तिहरुलाई  शुभकामना र हौसला प्रदान गरेका गृहमन्त्री लामिछानेले अर्थतन्त्रलाई चलायमान गर्न ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताएका हुन् । 

लामिछानेले भने, ‘यो सहर जिउँदो जाग्दो र क्रियाशील सहर हो भन्ने कुरा हमीले जनतालाई महशुस गराउनुपर्ने हुन्छ । त्यसको यो सुरुआत मात्र भएको हो ।’ 

उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानून कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गरे ।  

‘नियम र कानूनहरु कडाइ साथ पालना हुन्छन् । नागरिकको सुरक्षामा कुनै पनि कम्प्रोमाइज हुँदैन । यही उद्देश्य लिएर हामी अगाडि बढेका छौं । आगामी दिनमा अरु थुप्रै त्यस्ता कार्यक्रमहरु हामी लिएर आउँछौं’, लामिछानेले भने । 

थापाथलिस्थित फिल्डमा खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई मिठाई दिएर शुभकामना दिएका गहमन्त्री लामिछानेले प्रहरीले नयाँ उत्साहको साथ नयाँ वर्ष सुरुआत गरोस् भन्न हेतु आफूले फिल्डमा पुगेर उत्साह र हौसला प्रदान गरेको धारणा राखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार