मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

सहायक वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित पक्राउ

Ujyalosandeshonline 11477+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

धनगढी । डिभिजन वन कार्यालय, धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले उनलाई ७ लाख ३१ हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सेवाग्राहीसँग घुस मागेको भन्ने विशेष सूचनाको आधारमा आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो । टोलीले उनको साथबाट घुसबापत लिएको नगद सात लाख ३१ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

यादवलाई धनगढीस्थित डिभिजन वन कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने अभियान अन्तर्गत अख्तियारले पछिल्लो समय निगरानी बढाउँदै लगेको छ । यसै क्रममा भएको यो पक्राउले सरकारी निकायभित्रको भ्रष्टाचारको सञ्जाललाई उजागर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार