मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्वस्थानी व्रत आजदेखि, साँखुमा शालीनदी मेला

Ujyalosandeshonline 12431+ समाचार ( )
११ माघ २०८०, बिहीबार

काठमाडौं । आजबाट स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसेर कथा श्रवण गरेर मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

आज पहिलो दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर स्वस्थानीको व्रत बस्ने चलन छ । बिहान माघ स्नान गरी नित्यकर्म गर्ने, मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

काठमाडौंको शालीनदीमा आजैबाट स्वस्थानीको मेला सुरु भएको छ । साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने मान्यता छ । जसकारण शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ । 

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार आजदेखि शालीनदीमा स्वस्थानी मेला सुरु हुँदैछ । ‘हिँड्न नसक्ने अवस्थाका व्रतालुहरुका लागि आवश्यक सहयोग लिइ गन्तव्यसम्म पु¥याउने व्यवस्था छ,’ उनले भने, ‘भक्तजनको लागि बसको व्यवस्था गरेका छांै । सुरक्षाको प्रबन्ध गर्न प्रशासनलाई भनेका छौँ ।’

माधवनारायण व्रत र शालिनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा यहाँ वर्षेनि घुइँचो लाग्ने गरेको उनले बताए । ‘भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनि आगमन बढ्दो क्रममा छ,’ उनले भने, ‘यो वर्षको मेलामा २२ देखि २५ लाखसम्म धार्मिक पर्यटकहरुको आगमन हुने अनुमान गरेका छौं ।’ यसवर्ष व्रतका लागि १९८ जनाको नाम रहेको उनले बताए । त्यसमा १७ जना पुरुष र महिला १८१ जना छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार