मर्चवार न्यूज
मर्चवार, ३० असोज/ चाडवपर्वलाई लक्षित गरी ओमसतिया गाउँपालिकाले बजार अनुुगमन गरेको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपूरमा अनुुगमनको लागि टोली पुुग्दा ब्यवसायीहरु शटर बन्द गरि भागेका थिए ।
गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको संयोजकत्वमा अनुुगमन टोली पुुग्दा बिशेष गरि मासु ब्यसायीहरु शटर बन्द गरि भागेका थिए । यस्तै दर्ता नगरेका र बिल बिजक नभएका किराना पसलहरु पनि शटर बन्द गरेका थिए ।
अनुुगमनको क्रममा दर्ता नभएको मासु पसलबाट करिब २० किलो कुहिएको मासुु बामद गरि नष्ट गरिएको अनुुगमन समिति संयोजक चौधरीले बताईन ।
अनुुगमनको क्रममा खद्यान्न, मासुु, चिया, फलफुल, तरकारी लगायतका पसल अनुुगमन गरेको उनले बताइन् । अनुुगमनको क्रममा अधिकांश पसलहरु गाउँपालिकामा दर्ता नभएको भेटिएको अनुुगमन समितिकी संयोजक चौधरीले बताइन् । नियम उलंघन गरी ब्यवसाय संचालन गरेकालाई नियम पुर्वक संचालन गर्न तथा गुुणस्तरीय बस्तु बिक्रि वितरण गर्न निर्देशन दिइएको उनले बताइन् । गुुणस्तरहिन मासु बिक्रि गर्नेलाई पहिलो पटक सचेत गराउदै भविष्यमा फेरी भेटिए कार्यवाही गर्ने उनले बताइन ।
यस्तै होटल अनुुगमनको क्रममा अधिकांश पसलमा सरसफाई नदेखिएको हुदा त्यहा सरसफाईका मापदण्डलाई पालन गर्न उनले होटल ब्यवसायीहरुलाई चेतावनी दिएकी छन् ।
अनुुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, राजस्व शाखा प्रमुख अमृता पाण्डे, स्वास्थ्य शाखा, पशुु शाखाका कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि संचारकर्मी लगायतका सहभागीता रहेको थियो ।