मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय बढी नागरिकले लिए सेवा

Ujyalosandeshonline 11005+ समाचार ( )
९ माघ २०८१, बुधवार

रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा एक वर्षदेखि सञ्चालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट सो गाउँपालिकाका ८ सय बढी नागरिकले सेवा लिएका हुन् । 

एक वर्षमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत ३ सय २४ जनाले मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी समस्याहरू दर्ता गराएकामा उनीहरूलाई विभिन्न चरणमा ६ सय ५१ पटक सेवा दिइएको संस्थाले जनाएको छ । 

यसै गरी एक वर्षमा ४ सय ९३ जना मधुमेह, उच्च रक्तचाप र दमका दीर्घ रोगीहरूले समस्या दर्ता गराएकामा ७ सय ३१ पटक सेवा दिइएको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा १५ विद्यालयका ३ सय ५ जना विद्यार्थीहरूलाई प्राथमिक उपचार तालिमलाई दिइएको गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानले जनाकारी दिएको छ । 

स्वास्थ्य सेवा कार्यक्रमको प्रथम वार्षिकउत्सव कार्यक्रममा बोल्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले गाउँपालिकाको ‘स्वस्थ नागरिक बनाउने’ अभियानमा गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत नागरिकलाई दिइएको सेवा प्रभावकारी भएको बताए । उनले सो कार्यमा गाउँपालिका अझै सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए । 

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरू, गाउँपालिकाका १५ विद्यालयका प्रधानाध्यापकहरू र स्वास्थ्य संस्थाका इञ्चार्जहरू सहभागी रहेका थिए । कार्यक्रममा एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले डिजिटल प्रविधिमार्फत प्रदान गरिने स्वास्थ्य सेवा ग्रामीण क्षेत्रका नागरिकका लागि प्रभावकारी भएको बताइन् ।  

प्रतिष्ठानका सल्लाहकार राजकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा प्रतिष्ठानले काम गर्दै आएको बताए । समुदायको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रमका परियोजना संयोजक गणेशमान लामाले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए । उनले आगामी कार्यक्रमको कार्ययोजना समेत प्रस्तुत गरेका थिए । उनले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई थप प्राथमिकतामा राखेर काम गर्ने बताए । 

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने समुदाय स्वास्थ्य कार्यकर्ता वर्ष २०२४ पुरस्कार लालमाया तामाङलाई प्रदान गरिएको थियो । त्यस्तै समुदाय प्रभाव पुरस्कार सस्मिता माझीलाई र नेतृत्व पुरस्कार उर्मिला पौडेललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार