मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

बंगलादेशः नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सयाज

Ujyalosandeshonline 12448+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगलादेशको श्रम कानून उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् । न्यायाधीशले युनुस सहित अरु ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ । फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए । 

न्यायाधीशले उनीहरुलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए । 

न्यायाधीशले उनलाई ५ हजार रुपैयाँ धरौटीमा एक महिनाको जमानतमा अनुमति पनि दिएका छन् । कानुनअनुसार युनुस र अन्य तीन जनाले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै