मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

१६ वर्षपछि पुनः ‘सानो संसार’

Ujyalosandeshonline 11467+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

काठमाडौं । १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ । अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ ।

मुहुर्तमा फिल्मकी प्रमुख कलाकार सीतादेवी तिमल्सिनाले मुहुर्त सट, फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप हिर्काए भने निर्माता अर्जुन कुमारले नरिवल फोडेका थिए ।

फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीको ‘डेब्यू’ अभिनय रहने छ । यही जेठ २५ गतेबाट फ्लोरमा जाने फिल्म काठमाडौं, धादिङ र नुवाकोटमा खिचिनेछ । फिल्मको रिलिज भने असोज १७ गते हुनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको व्यानरमा फिल्म बन्न लागेको हो । निर्माता अर्जुनकुमारले १६ वर्ष अगाडी यही नाममा दिवंगत निर्देशक आलोक नेम्वाङले निर्माण गरे पनि पहिलाको फिल्मसँग कुनै सम्बन्ध नरहेको बताए ।

फिल्मका निर्देशक सिद्धार्थ पुडासैनीले फिल्मको कथा मनपरेकाले निर्देशनको जिम्मा लिएको बताए । सिद्धार्थले यही फिल्मबाट लेखन तथा निर्देशनमा ‘डेब्यु’ गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार