मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लुम्बिनी बौद्ध विश्वविद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीलाई स्वागत

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विदेशी विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विश्वविद्यालयमा चालु शैक्षिक सत्रको नयाँ ब्याचमा ३८ जना विदेशी विद्यार्थीहरु भर्ना भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्यांकन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरुलाई एडमिसन अफर लेटर प्रदान गरेर स्वागत गरेका हुन् ।चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एकजना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए ।

भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुईजना भारतीय र एकजना मलेसियन रहेका छन् ।स्नातकोत्तर तह अनुवाद तथा व्याख्या विषयमा चीनका ८ जना र भारतका एकजना विद्यार्थी रहेका छन् । त्यस्तै स्नातकोत्तर तह बुद्धिजम एण्ड नेपाल स्टडिजमा २७ जना चीन र एजना मलेसियाका विद्यार्थी रहेका छन्। त्यसै गरी स्नातक तह बिटिसिएसओलमा एकजना भारतका विद्यार्थी भर्ना भएका छन् ।

कार्यक्रममा बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले लुम्बिनीमा बसेर बौद्ध अध्ययनसहितका विषयहरु पढ्न पाउनु विदेशी विद्यार्थीका लागि निकै महत्वपूर्ण भएको बताए । उनले विदेशी विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले सहजीकरण गरिएको बताउँदै लामो तथा छोटो अवधिका विषयहरु पढ्न सकिने बताए ।

विश्वविद्यालयले विदेशी विद्यार्थीहरुको सुविधाका लागि अन्तर्राष्ट्रियस्तरको छात्रावास निर्माणको थालनी समेत गरेको छ । विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै विदेशी विद्यार्थी आकर्षण गर्ने विश्वविद्यालयले योजना बनाएको छ । विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिमा विदेशी विद्यार्थीहरु भर्ना हुँदै आएका छन् । विद्यावारिधिमा विदेशीका लागि १० जनाको कोटा निर्धारण गरी भर्ना खुलाइएको डिन कार्यालयले जनाएको छ ।

स्वागत कार्यक्रममा विद्यार्थी यु च्याच्याले लुम्बिनीमा अध्ययन गर्न पाउँदा आफू उत्साहित भएको बताइन् । ‘मैले विश्वविद्यालयमा भर्ना पाए, म निकै खुसी छु, ’उनले भनिन् । उनले नेपाल र चीनबीचको प्राचीन सम्बन्धलाई स्मरण गर्दै आफूहरुले बुद्ध जन्मस्थलबाट महत्वपूर्ण शिक्षा हासिल गर्ने विश्वास गरिन् ।

त्यस्तै क्रिञ्जल वर्नवालले विश्वविद्यालयमा अध्ययन गर्दा आफू निकै उत्साहित भएको बताइन् । भारतको गुजारत घर भएकी उनी स्नातक तहमा बिटिसिएसओल अध्ययनका लागि विश्वविद्यालयमा भर्ना भएकी हुन् । विदेशी विद्यार्थीहरुले छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । लुम्बिनीमा विश्वविद्यालयले छात्र र छात्राहरुका लागि छुट्टाछुट्टै छात्राबास सञ्चालन गरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार