मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

ई–रिक्सा व्यवस्थापनका लागि पालिकास्तरीय सहमति

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको सदरमुकाम समेत रहेको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा अटो तथा ई–रिक्सा व्यवस्थापन गर्न अन्तरपालिका समन्वय बैठकमा सहमति भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको अध्यक्षतमा बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको पालिकास्तरीय समन्वय बैठकले यसअघि भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने, अटो तथा ई–रक्सा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सिद्धार्थनगरसहित, ओमसतिया, मायादेवी, सियारी गाउँपालिका र जिल्ला सुुरक्षा समितिबीच बसेको बैठकले ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

उनका अनुसार तीनपांग्रे सवारीसाधन दर्ता नगरेका गाउँपालिकाहरुले तीनपांग्रे सवारीसाधन नियमन सञ्चालन तथा व्यवस्थापनको लागि मिति २०८१ माघ १३ मा भएको बैठकको निर्णयअनुसार तोकिएको समयावधिभित्र कतिपय गाउँपालिकाले कानून निर्माण लगायतका कार्यहरु गर्न बाँकी रहेको तथा कतिपय गाउँपालिकाले कानून निर्माण गरी दर्ता प्रक्रियामा रहेको देखिएकोले तीनपांग्रे सवारीसाधन व्यवस्थापन तथा नियमनको लागि चैत १० गतेभित्र कार्यसम्पन्न गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार