मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

उद्योगी–व्यवसायीको अभिलेख संकलन र व्यवस्थापन अनलाइनबाट हुने

Ujyalosandeshonline 11011+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा ब्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ । 

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई समेटिएको छ । 

नयाँ सफ्टवेरमा तथ्यांक संकलन र व्यस्थापन भएपछि व्यवसायको प्रकृति र क्षेत्र, स्वामित्वको संरचना, अधिकृत र चालु पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवं लैंगिक अनुपातलगायत तथ्यांक संवन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघले राख्न सक्नेछन् । 

त्यसका साथै अनलाइनबाट नै सदस्य बन्न तथा नविकरण गर्न सकिने गरी मोबाइल एप पनि निर्माण गरी संचालनमा ल्याइएको अध्यक्ष राउतले जानकारी दिए । 

सफ्वेटवेर सञ्चालनको प्रारम्भिक अनुशिक्षण ३० वटा जिल्ला–नगर उद्योग वाणिज्य संघहरुलाई उपलब्ध गराइसकिएको र क्रमशः सञ्चालन र व्यस्थापनका लागि आवश्यक सहयोग महासंघबाट हुने गरी कार्य प्रारम्भ भएको पनि उनले बताए ।

जिल्ला–नगर उद्योग वाणिज्य संघमा जडान भएको सफ्टवेयरमा प्रशासनिक तथ्यांक, लेखा व्यवस्थापन र अन्य सूचना व्यवस्थापनको सुविधा हुनुको साथै उक्त सफ्टवेयर मोबाइल एप्लिकेशनबाट पनि चलाउन सकिने जनाइएको छ ।

सुक्ताश चेम्बर मेनेजमेन्ट सफ्टवेयर सुक्ताश इन्क प्रालिबाट लिइएकोे राउतले बताए । कोशी प्रदेशका ३९ वटा उद्योग वाणिज्य संघहरुमध्ये प्रारम्भमा ३० वटा संघमा सफ्टवेयर प्रयोगमा ल्याइने र बाँकी उद्योग वाणिज्य संघहरुमा क्रमिकरुपमा गर्दै जाने योजना महासंघको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार