मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

यातायात व्यवस्था कार्यालयलाई सारिदै

Ujyalosandeshonline 12437+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । तुलसीपुर–६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर–६ को गाइडहरदेखि सेवा दिन लागेको हो ।

कार्यालयले सामाजिक विकास डिभिजन कार्यालयको भवनबाट सेवा दिन लागेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिएका छन् । उनका अनुसार गाईडहरबाट सेवा दिनका आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर–१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ । गत भदौ ११ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

कार्यालयले अहिले मासिक करिब ५० हजार भाडामा मात्रै खर्च गरिरहेको कार्यालयका लेखा प्रमुख उत्तम डाँगीले जानकारी दिएका छन् । भाडाको घरमा ठाउँ पनि अपर्याप्त रहेको र भाडामा रकम पनि खर्च भइरहेको अवस्थामा आफ्नै भवनबाट सेवा दिन लागेको उनले बताए । आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई पनि थप सहजता हुने कार्यालयका प्रशासन प्रमुख लोक बहादुर केसीले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार