मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

ठगी गर्ने कन्सलटेन्सीहरु कारवाहीमा पर्छन् : सचिव अधिकारी

Ujyalosandeshonline 11474+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेशअधिकारीले मन्त्रालय कन्सलटेन्सी(परामर्शदाता)हरुसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् ।

शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभामा उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको जानकारी गराउँदै यसका लागि परामर्शदाताहरुसँग सल्लाह सुझाव लिंदै सहकार्य गर्न चाहेको बताएका हुन् ।

उनले भने, ‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुदैँन्, हामी सहकार्य गर्न चहन्छौ । यतिबेला हामी उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा छौं । शैक्षिक परामर्शलाई कस्तो बनाउने, कानुनमा कुन रुपमा राख्ने भन्ने विषयमा तपाइँहरुसँग सल्लाह गर्छौ ।’

कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताए ।

उनले विद्यार्थीहरु राम्रो भविष्य र रोजगारीको लागि बाहिरिने गरेको भन्दै यसलाई रोक्नको लागि देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास दिलाउन आवश्यक भएको बताए  ।

यस्तै, उनले शैक्षिक परामर्शको नाममा ठग्ने संस्थाहरुलाई कारवाही गर्न र राम्रो संस्थालाई प्रोत्साहन गर्न कानुन निर्माण गर्ने पनि बताए ।

उनले भने, ‘बाहिर जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श व्यवसायी संघको आवश्यकता पर्छ । तर ठगी गर्ने नियतले खोलिएको संस्थाहरुलाई भने कडाईका साथ कारवाही गर्नुपर्ने हुन्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, गलत गर्नेलाई कारवाही गर्ने गरी कानुन बनाउँदै छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार