मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

ओमसतिया-२ ले जित्यो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

भैरहवा । ओमसतिया गाउँपालिका, रुपन्देहीको आयोजनामा भएको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा नम्बर २ ले वडा नम्बर ३ लाई २ ० को सेटमा हराउँदै उपाधि जितेको हो ।  

उपाधिका लागि पहिलो सेट १७–२५ अंकले जितेको वडाले दोस्रो सेट १७–२५ अंकले जितेको हो ।  उपाधि जीतसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो भने उपविजेता वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो ।

त्यसै गरी शुक्रबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ बी टीमले गाउँपालिका टीमलाई हराउँदै नगद १५ हजार, ट्रफी र पदक प्राप्त गर्यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुजा थारुले नगद रु. ५ हजार प्राप्त गरिन् । 

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मन्जित यादव (सोनु), उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, प्रशासन महाशाखा प्रमुख रुपा थापा राउत लगायतले नगद, ट्रफी र पदक प्रदान गरे । हाटी फर्साटिकरस्थित गाउँपालिका भवनको प्रांगणमा रहेको भलिबल मैदानमा सम्पन्न खेलमा ७ वटा टीमको सहभागीता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार