मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही र नवलपरासी विजयी

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

भैरहवा । लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पश्चिम नवलपरासी र रुपन्देहीले जित निकालेका छन् । नवलपरासीले कपिलवस्तुमाथि ११ रनको जित निकाल्दा रुपन्देहीले पाल्पालाई २ सय ६१ रनले पराजित गर्यो । रुपन्देहीको यो लगातार दोस्रो जित हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ३५ ओभरमा १८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर ८७ रनको सामान्य योगफल बनायो । उसका लागि अजय चाईले सर्वाधिक ३१ रन बनाए । बलिङमा कपिलवस्तुका रौनक श्रीवास्तवले ४ र कमरन अहमदले ३ विकेट हात पारे ।

सामान्य लक्ष्य पछ्याएको कपिलवस्तु २० ओभर २ बलमा ७६ रन जोड्दा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि आर्यन पाण्डेले १९ र कमरन अहमदले १४ रन बनाए । बलिङमा नवलपरासीका तिलक सापकोटाले ६ ओभर २ बलमा २४ रन खर्चेर ६ विकेट लिए । यस्तै, अजय चाईले ३ तथा प्रेमसागर यादवले १ विकेट लिए । खेलमा नवलपरासीका तिलक सापकोटा प्लेयर अफ द म्याच भए ।

यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित खेलमा ९ विकेट गुमाएर ३ सय ३ रनको बलियो योगफल बनायो । रुपन्देहीका लागि रोजन कुमालले ९६, लक्ष्मण कुमालले अविजित ६०, सुजन रानाभाटले २९, प्रिन्स पालले २१ र समीर अलीले १८ रन बनाए । बलिङमा पाल्पाका उपसन विक्रम जिसीले ३, दिवस अर्यालले २ तथा हिमाल कंडेल, अमृत अर्याल र उपसन पाण्डेले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पा २० ओभर २ बलमा ४२ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका प्रिन्स पालले ६ ओभरमा ५ मेडन राख्दै २ रन खर्चेर ५ विकेट लिए । यस्तै, तुषार चौहानले ३ तथा आर्यनसिंह यादव र सुजन रानाभाटले १–१ विकेट लिए । पाल्पाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा रुपन्देहीका रोजन कुमाल प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा संचालन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार