मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

Ujyalosandeshonline 11009+ समाचार ( )
११ मंगशिर २०८२, बिहीबार

रसुवा । रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो । नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुर भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निदेशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दास्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ ।  

रसुवागढी नाकास्थित मितेरी पुल बगेपछि लामो समयदेखि ठप्प भएको सामान ढुवानीको कामको चापलाई दष्टिगत गरी चरणबद्ध रूपमा कुल १५० वटा कन्टेनर पार्किङ गर्नसक्ने गरी सुख्खाबन्दरगाह सफा गर्न लागेको प्रबन्ध निर्देशक गजुरेलले स्पष्ट गर्नुभयो ।    

बाढीले रसुवागढी भन्सारको सुख्खाबन्दरगाहमा ६० प्रतिशत  नोक्सान पुर्याएको जानकारी दिँदै प्रवन्ध निर्देशक गजुरेलले यही हिउँदभित्रै सफाइको सक्ने बताउनुभयो । सुख्खाबन्दरगाहको सफाइ प्रक्रिया अघि बढेको बताउँदै रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराइले बिगिएको सडक मर्मतसम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध गरिसकिएको जानकारी दिनुभयो ।

बाढीपहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएका २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने बातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन् । यसैगरी ढुवानी व्यवसायी एवम् स्थानीयले सो सडकमार्गस्थित ठाडोखोलाले घटृेखोला पुलको जग खोतलेर जीर्ण अवस्थामा पुर्याएकाले मालवाहक कन्टेनर चलाउन जोखिम रहेको भन्दै तत्काल बिग्रिएको सडक तथा पुलको यथासक्य छिटो मर्मतसम्भार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार