मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

योजना कार्यान्वनयमा जनस्तरबाट निगरानी बढाउनुस् : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11573+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुर्काेट गाउँ कमिटी, गुल्मीले शुक्रबार बर्वोटमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुरेक बजेट नल्याउने स्पष्ट पार्दै वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने बताएका हुन् ।

‘यहाँहरुले दिएका योजनाहरु अर्काे वर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गर्नेछौं । यसपाली पुरक बजेट आउँदैन । नयाँ बजेट बन्ने बेलामा के कति हुन्छ समेट्ने कोशिष हुन्छ’मुख्यमन्त्री आचार्यले भने,‘चालु आर्थिक वर्षको बजेट ल्याउदा म अर्थमन्त्री थिएँ । त्यही बजेट नै कार्यान्वयन हुन्छ । बजेट कार्यान्वयनमा यहाँहरुले निगरानी गर्न भने जरुरी छ ।’ 

मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पारे । ‘चालु वर्षमा पनि यहाँ राम्रै बजेट परेको छ । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिन जरुरी छ’उनले भने,‘योजना पर्ने तर, कार्यान्वयन नहुने, गुणस्तरीय नहुने अवस्था आउनु भएन । राम्रोसँग कार्यान्वयन गर्न यहाँहरुको सक्रियता चाहिन्छ ।’ उनले लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एमाले गाउँ कमिटीले विभिन्न माग समेटिएको ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार