मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

Ujyalosandeshonline 11005+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ । किताबखानाले गत आर्थिक वर्षमा २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको उपमहानिर्देशक दिनेश घिमिरेले जानकारी दिनुभयो । उहाँले यस आवको अन्त्यसम्म थप सात हजार शिक्षकको व्यक्तिगत सोहीअनुसार अभिलेख गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

किताकखानाले सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई निवृत्तिभरण, उपदान, उपचार खर्च, सञ्चित बिदाको रकम भुक्तानी, पारिवारिक निवृत्तिभरण, शैक्षिक तथा सन्तति वृत्तिलगायत सुविधाहरू उपलब्ध गराउँदै आएको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा व्यवस्था भएबमोजिम अवकाशप्राप्त शिक्षकले किताबखानाबाट पेन्सनपट्टा बनाउँछन् ।

कार्यरत शिक्षक ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश जाने व्यवस्था छ । सो संस्थाले वर्षमा दुई पटक (माघ र वैशाख) शिक्षकको अनुमानित अनिवार्य अवकाशको सूची प्रकाशन गर्दै आएको छ । तत्कालीन शिक्षा मन्त्रालयअन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा स्थापना भएको विद्यालय शिक्षक किताबखाना मुलुकको शासकीयस्वरूप परिवर्तनपश्चात् हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । उपमहानिर्देशक घिमिरेका अनुसार यस  आवभित्र दुई हजार ८३ शिक्षकको अवकाश हुँदैछ ।

यसका अलावा किताबखानाले शिक्षकको सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक, उमेर हदका कारण अनिवार्य अवकाश पाउने शिक्षकहरूको नामावली प्रकाशन, वार्षिक तलब विवरण पारित, निवृत्तिभरण कोषको सञ्चालन, सेवा अवधि गणनासम्बन्धी काम, सम्पत्ति विवरण दर्ता, शिक्षकको पदपूर्तिदेखि अवकाशसम्मका कार्य सम्पन्न गर्दै आएको छ ।शिक्षा मन्त्रालयको शैक्षिक सूचना सँगालो, २०८१ अनुसार आधारभूत र माध्यमिक तहमा स्थायी शिक्षक ८३ हजार ९८९, अस्थायी शिक्षक २९ हजार ६९९ र राहत शिक्षक ३९ हजार ९६२ गरी एक लाख ५६ हजार ६४० शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार