मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

अध्ययन-अनुसन्धान अब नयाँ युगअनुसार चल्न र चलाउन जरुरी छः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11474+ समाचार ( )
२० पौष २०८१, शनिबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युगअनुसार बदल्न जरुरी रहेको बताएका छन् ।

लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले आधारभूत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्ने गरी भूमिका बढाउन जरुरी रहेको बताए । ‘अध्ययन, अनुसन्धान अब नयाँ युगअनुसार चल्न र चलाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउँछ’, उनले भने, ‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो ।

त्यहीअनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’ दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउँदै विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरुले शिक्षण सिकाई गर्न जरुरी रहेको धारणा मुख्यमन्त्रीको छ ।‘परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अव प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी छ’, उनले भने, ‘बदलिँदो समय र मागको आधारमा सिकाई गर्ने पद्दती पनि बदलिनुपर्छ ।’

प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिँदै उनले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताए । विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिए । विद्यालयले टिचिङ्ग लर्निङ्ग एक्स्पो मार्फत् विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसँग जोडिएका सामाग्री सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थीहरुको मिहिनतको उच्च प्रशंसा गर्दै निरन्तरताको कामना गरे । विद्यालयले बालबालिकालाई सशक्त बनाउन उनीहरुको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारी भावनाको विकास गर्नेगरी अध्यापन गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार