मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

मुगुका चार स्थानीय तहमा १ अर्ब ३० करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी सोरु गाउँपालिकामा

Ujyalosandeshonline 11474+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

मुगु । मुगु जिल्लाका चार स्थानीय तहमा कूल १ अर्ब ३० करोड १५ लाख २० हजार रुपैयाँ बराबरको बेरुजु रकम रहेको तथ्य सार्वजनिक भएको छ । महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनअनुसार सो बेरुजु रकम स्थानीय तह लागू भएदेखि आर्थिक वर्ष २०७९÷८० सम्मको हो ।

गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फस्र्यौट र सुशासन प्रवद्र्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परिक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मुगुका चार स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकामा फेला परेको छ । सो गाउँपालिकाको बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ । त्यसपछि खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार, छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार, र सबैभन्दा कम मुगुम कार्मारोङ गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

बेरुजु रकममध्ये केही असुली गर्नुपर्ने, केही प्रमाण कागजात पेश गर्नुपर्ने, केही नियमित गर्नुपर्ने र केही पेस्की रकम समेटिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय सरकारहरूमा वित्तीय अनुशासन पालना गराउन र पारदर्शिता अभिवृद्धि गर्न आवश्यक सुधारको खाँचो औंल्याइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार