मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

निजामती ऐनबाट कर्मचारीका माग सम्बोधन हुनेछ : मन्त्री साह

Ujyalosandeshonline 12431+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले निजामती ऐनमार्फत पशु चिकित्सकहरुका माग सम्बोधन हुन सक्ने बताएकी छन् । 

आफूले प्रतिनिधित्व गर्ने दल जनमत पार्टीको भ्रातृ संगठन पशु चिकित्सक जनमत संघको घोषणा सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री साहले पशु चिकित्सक राज्यको उपेक्षामा परेको बताइन । सरकारले ल्याउन लागेको निजामती ऐनबाट केही आशावादी हुने ठाउँ भने रहेको उनले जिकिर गरिन् ।

भेटेरिनरी क्षेत्रका प्राविधिक र चिकित्कलाई राज्यले प्राथमिकतामा राखेर प्रोत्साहन दिनुपर्नेमा जोड दिएकी उनले आउन लागेको निजामती ऐनले कर्मचारीको वृत्तिविकास र सुविधामा महत्वपूर्ण भूमिका खेल्ने बताइन ।   

‘निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट गरेका होइनन्, उहाँहरु जस्तै विद्वानले नै गर्नु भएको छ । कुनै राजनीतिकर्मीले गरेको भए त्यो अलिकति बढी प्रश्न आउने थियो, तर पेसाकर्मी र विज्ञहरुले नै ड्राफ्ट गर्नु भएको हो । अब क्याबिनेटबाट पास भएर हाउसमा दर्ता हुने क्रममा छ ।’ सरकारी सेवामा रहेका सबै कर्मचारीको हितअनुकूल ऐन आउनेमा आशावादी हुन सकिने उनले बताइन ।

‘पशु चिकित्सकहरुले राज्यबाट प्रोत्साहन पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘कृषि प्रधान देश भए पनि राज्यले समेट्न सकेको छैन । राज्यलाई पशु सम्बन्धी डाक्टरहरुको ठूलो आवश्यकता छ ।’ यो प्राविधिक क्षेत्र भएकाले कृषिका लागि अभिन्न सम्बन्ध रहेको उनले बताइन ।

यस्तै, सबै क्षेत्रको विशेषता फरक फरक हुने भन्दै उनले वातावरण हेरेर सबै प्रकारका प्राविधिकलाई उत्साह र ऊर्जा दिनु सरकारको दायित्व रहेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार