मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उपेन्द्रजी व्यक्तिगत स्वार्थमा लाग्नुभयो : महासचिव राई

Ujyalosandeshonline 12431+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इश्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत र जनाधार भएका नेतालाई अपमान गरेको आरोप लगाएका छन् । उनले अहिले जसपा नेपालमा २०६२ सालदेखि नेतृत्व गरेका केन्द्रीय नेताहरुमध्ये उपेन्द्र यादव एक्लै भएको दावी गरे ।

जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभालाई आइतबार भैरहवामा सम्बोधन गर्दै महासचिव राईले यस्तो बताएका हुन् । उनले भने, ‘उपेन्द्रजीले व्यक्तिगत स्वार्थ, सत्ता र पद लोलुप्ताले जनमत भएका, जनाधार भएका र मधेश आन्दोलनमा योगदान गरेका नेतालाई सम्मान नगरेर अपमान गर्नुभयो । उहाँको एकलौटी निर्णय र एकदमै हैकमवादी चरित्र छ । नेताहरुलाई लखेट्नुभयो । अहिले उहाँ एक्लै बस्नुभएको छ ।’

उनले पद र शक्तिका लागि उपेन्द्र यादवले रामसहाय प्रसाद यादवलाई सांसद्बाट राजीनामा गराएर उपराष्ट्रपति बनाएको आरोप लगाए । उनले भने, ‘उपेन्द्रजी सप्तरीबाट निर्वाचनमा पराजित भइसकेपछि पाँच वर्ष पर्खन सक्नुभएन । उहाँले मधेशी, जनजाति र देशभरीका उत्पीडित समुदायका मुद्दा बेचिसक्नुभएको छ । ’

उनले मधेशसँगै देशका सम्पूर्ण उत्पीडित समुदाय र वर्गको मुक्ति, समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेण्टी र राज्यका सम्पूर्ण अंगमा सहभागीताको लक्ष्यका साथ अघि बढेको दावी गरे । पूर्वमन्त्री समेत रहेका राईले अशोक राईको नेतृत्वमा रहेको जसपामा आबद्ध हुन र यो अभियानमा एकताबद्ध भएर लक्ष्य प्राप्तीमा अगाडि बढ्न आग्रह गरे । उनले जसपा एउटा शक्तिको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पार्टी विभाजन गर्नु दुःखद कुरा हो, भारी मनले पार्टी विभाजन गर्नुपर्यो । ’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले उपेन्द्र यादवकै कारण पार्टी विभाजन भएको दावी गरे । उनले ५४ सिट प्राप्त गरेको पार्टी अहिले ५ सिटमा सीमित भएको बताए । जसपाका केन्द्रीय सदस्य मनिकर कार्कीले जसपा वर्तमानको आवश्यकताले बनेको पार्टी भएको दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नविन सुनुवार, केन्द्रीय सदस्य अलाउद्दीन मुसलमान, पूर्वमन्त्री भण्डारीलाल यादव, युवा नेता अकरम खाँ, जयप्रकाश यादव, रामकेश धवल, जसपा कपिलवस्तुका सचिव उदयभान यादव, योगेन्द्र चौधरी, असलम खान, मोहम्मद अली लगायतले भनाइ राखेका थिए ।कार्यक्रममा शिवदास यादवको अध्यक्षतामा जसपा रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार