मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


‘पत्रकार महासंघको गरिमा जोगाउँछौं, विधि विधानमा चलाउँछौं’

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफूहरु डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् । 

अध्यक्षमा उम्मेदवारी दिएकी निर्मला शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा आफू सक्षम भएको दावी गरिन् ।

 उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुर्याउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रुपमा भूमिका खेलेको पनि बताइन । 

उनले  पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै  पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथी कुन्ठित गर्ने काम हुने गरेकोले त्यो  बेला आफू पक्राउ समेत परेको बताइन् ।

उनले  भनिन् , ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० बर्षदेखि लगातार आवद्घ छु । मिडियामा श्रम गरिरहेको छु । त्यसैगरी पत्रकार महासंघलाई यो  ठाउँमा पुर्याउनको  लागि धेरै योगदान गरेको  छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको  हरेक आन्दोलनको सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्दा आफू डटेर लागेको हुँ ।’

साथै उनले पत्रकारिता नै  आफ्नो  अभियान भएको बताइन् । आफू लोकतन्त्रसंग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर भएको सच्चा श्रमजीवि पत्रकार भएको बताइन् । 

त्यस्तै, महासचिवका उम्मेदवार रामप्रसाद दाहालले पत्रकार महासंघ नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,श्रमजीव पत्रकारको अविभावकत्व लिने संस्था एवम लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको गरिमा जोगाउन आफू मैदानमा उत्रिएको बताए ।

‘मुलुकलाई कहिंकतैबाट अप्ठ्यारो प¥यो या मिडियाको उपभोक्ताहरु नागरिकको अधिकार खोस्ने कतै प्रयास भयो भने यसले डटेरसामना गर्ने नागरिक अगुवा संस्था हो । तर पछिल्लो समय संस्थामाथि वा गरिमामा प्रश्नहरु उठ्न थालेका छन् । ती प्रश्नहरुको निवारणका लागि राम्रो नेतृत्व आवश्यक छ,’ उनले अगाडि भने,‘अहिले विभिन्न तहका सरकारले आफुखुसी नीति नियम बनाउन थालेका छन् । प्रेस स्वतन्त्रलाई संकुचन गर्ने खालका कानुन बनाउने काम भइरहेको छ । त्यसलाई धेरै ठूलो शक्तिले मात्र चिर्न सक्छ । त्यसको लागि नै उम्मेद्वारी हो ।’

रातोपाटी डटकमका सम्पादक समेत रहेका दाहालले आफू डेढ दशक बढी मिडिया आन्दोलनमा होमिएको र श्रमजीविका मुद्दाहरुमा नयाँ नजिर स्थापित गरेको व्यक्ति भएकाले महासंघलाई अन्तर्राष्ट्रिय ट्रेन्डमा हिडाउन चाहेको उल्लेख गरे । 

दाहालले नेपालमा नयाँ मिडियाका कारणले पनि मिडियाको अवस्था दयनीय भएको जनाउँदै त्यसका लागि नीतिगत व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गरे ।‘नयाँ मिडियाका कारण विभिन्न चुनौतीहरु देखिएका छन् । त्यसैले अब स्मार्ट महासंघ आवश्यक छ,’ उनले भने ।  

समयमै महाधिवेशन नहुँदा र विधि विधान अनुसार नचल्दा पत्रकार महासंघमाथि अनास्था बढेको उनको भनाइ छ । ‘समयमै अधिवेशन भएन । संस्थाको गरिमा खस्कियो । त्यसैले अब महासंघलाई विधि विधानतर्फ फर्काउने बेला आएको छ । यसका लागि आफू योग्य छु जस्तो लाग्छ,’ उनले भने, ‘म सम्भावनाहरुमा टेकेर चुनौतीहरु पार गर्न सकिन्छ भन्नेमा कटिबद्ध छु । पत्रकारिताको राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रेन्डसँगै महासंघलाई लैजाने बेला भएको छ । यसकै लागि मेरो उम्मेदवारी हो । देशभरका श्रमजीवि पत्रकारहरु खुशी हुनेगरी काम गर्ने विश्वास दिलाउँछु ।’

नेपाल पत्रकार महासंघको २७ औं निर्वाचनमार्फत नयाँ नेतृत्वका लागि दुईवटा समूह मैदानमा छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलमा शर्माले नेतृत्व गरेकी छन् भने । रमेश विष्टको नेतृत्वमा अर्को प्यानल मैदानमा छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार