मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सन्दर्भ : विश्व कुष्ठरोग दिवस
रुपन्देहीमा घटेन कुष्ठरोग, कुष्ठ प्रभावितहरुको संख्या निरन्तर बढदै

Ujyalosandeshonline 11474+ समाचार ( )
१३ माघ २०८१, आइतबार

भैरहवा । नेपालमा कुष्ठरोग निवारणका लागि धेरै समय देखी काम हुदै आए पनि रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्यामा भने कुनै कमि आउन सकेको छैन । कुष्ठरोगको कारण हुने अपाङ्गता दर भने अहिले पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन् । 

७२ औं विश्व कुष्ठरोगको अवसरमा सिद्धार्थनगर नगर पालिकाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भैरहवाका क्षय कुष्ठरोग निवारण अधिकृत टिकाराम अधिकारीले रुपन्देही जिल्ला मात्र नभई लुम्बिनी प्रदेश नै यसबाट अझै प्रभावित रहेको बताए । 

अधिकारीका अनुसार रुपन्देही जिल्लामा चालु आर्थिक वर्षका पुस मसान्त सम्ममा मात्र ८० जना कुष्ठरोगका नयाँ विरामी देखिएका छन् । चालु आर्थिक वर्षमा यस रोगका सबै भन्दा बढी बिरामी शुद्धोधन गाउँपालिकामा देखिएको उनले जानकारी दिए । शुद्धोधन गाउँपालिकामा ११ जना कुष्ठरोगका नयाँ विरामी देखिएका छन् । रोहिणी गाउँपालिकामा ९ जना, ओमसतिया गाउँपालिकामा ३, सियारी गाउँपालिकामा २, गैडहवा गाउँपालिकामा २, कञ्चन गाउँपालिकामा ४, मायादेवी गाउँपालिमाका ६, कोटही माई गाउँपालिकामा १ जना र मर्चवारी गाउँपालिकामा ५ जना नया विरामी भेटिएको अधिकारीले जानकारी दिए । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकामा मात्र चालु आर्थिक वर्षमा कुष्ठरोगका नयाँ विरामी देखिएका छैनन् । 

पछिल्लो ५ वर्षका तथ्यांक केलाउने हो भने रुपन्देही जिल्लामा कुष्ठरोगको विकराल अवश्था दर्शाउछ । रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका १७ वटै पालिकामा गरि १०७ जना कुष्ठरोगका नयाँ विरामी फेला परेका थिए । २०७७/०७८ मा यो संख्या बढेर १५८ जना र त्यसको एक वर्ष पछि आर्थिक वर्ष २०७८/०७९ मा विरामीको संख्या १६५ पुगेको थियो । आर्थिक वर्ष २०७९/०८० मा १४० मा घटेको विरामीको संख्या फेरी गत आर्थिक वर्ष २०८०/०८१ मा १६० पुगेको छ । 

नेपालकै अवश्थामा सबैभन्दा बढी प्रभावित मधेश प्रदेश र लुम्बिनी प्रदेश रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा नेपालमा २ हजार ४ सय ७२ जना कुष्ठरोगका नयाँ विरामी देखिएकोमा सबैभन्दा बढी मधेश प्रदेशमा ८७४ जना अर्थात कुल संख्याको ३५ प्रतिशत विरामी देखिएका छन् । कुल संख्याको २५ प्रतिशत अर्थात ६१७ जना लुम्बिनी प्रदेशमा कुष्ठरोगका विरामी फेला परेका छन् भने कोशी प्रदेशमा ४११ जना भेटिएका छन् । 

कुष्ठरोग बारे समाजमा विद्यमान चेतना, सरोकारवालाको प्राथमिकतामा पर्न नसक्नु र यस संग सम्बन्धित दक्ष जनशक्तिको अभाव भएको कारण यसको निराकरणमा कठिनाई आएको स्वास्थ्यकर्मिहरुको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार कुष्ठरोगको पहिचान जुन अनुपातमा हुनु पर्ने हो त्यो हुन नसकेको बताउछन् । उनले समाजमा अझै पनि सचेतनाको कमि भएको कारण यसका बिरामीहरु अझै पनि लुकेर बस्ने अवश्थामा रहेको बताए । हाम्रो समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइ सकेको छैन । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ । यसैकारण कुष्ठरोगी वा औषधि पश्चात रोगबाट मुक्त भइसकेका व्यक्तिहरू प्रति पनि केही स्थानमा अत्यन्त ठूलो सामाजिक लान्छना र भेदभाव कायम देखिएको उनि बताउछन । 

“६ महिना देखि १ वर्ष सम्मको औषधीले यो निको हुने रोग हो ।” उनले भने “तर अझै पनि कतिपय व्यक्तिहरू रोगको शंका लागि सकेपछि नजिकैको स्वास्थ्य संस्थाबाट औषधि उपचार खोज्ने भन्दा छर छिमेक र समुदायका व्यक्तिहरूले थाहा नपाउन भनि अन्यत्रैवाट औषधि  उपचार गर्ने प्रयास गर्छन् । जसले गर्दा रोग लुकाउने, उपचार ढिलाहुने, अन्यव्यक्तिलाई सर्ने र अंगभंग समेत हुने जोखिम ज्यादा हुन्छ ।”

के हो कुष्ठरोग ? 

स्वास्थ्य कार्यालय रुपन्देहीका कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक सूक्ष्मकिटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला र स्नायु (नशा) मा असर गर्दछ । यस रोगले छालामा असर गर्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, गिख्र्राहरू देखा पर्ने र स्नायुमा असर गर्दा हात, गोडामा छुँदा थाहा नपाउँने दागहरू साथै मांशपेशीहरू कमजोर हुन्छ । त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन ।

सवै भन्दापहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सवैले वुझ्नु र सोही अनुसार उपचारको खोजिगर्नु अत्यन्त आवश्यक छ ।

पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए । त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ  । प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । यस वर्ष पनि “एकतावद्ध भइ कुष्ठरोगको अन्त्यको लागि सहभागी बनौं ।” भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि विश्व कुष्ठरोग दिवस मनाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार