मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ असार २०८२, सोमबार

सञ्जय कुमार यादव 

जनकपुर । कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो । 

तर आज किसान, कृषि र सबैभन्दा बढी धानको अवस्था नाजुक बनेको छ । आज धानको उत्पादन कम हुने गरेकाले नेपालले प्रत्येक वर्ष अर्बौं रुपैयाँमा भारतबाट धान आयात गर्नुपरेको छ ।

धनुषाको रम्दैयास्थित राष्ट्रिय धानबाली अनुसन्धानका संयोजक मथुरा यादवका अनुसार ११ महिनामा ३८ अर्व रुपैयाँ बराबरको धान र चामल भारतबाट आयात गर्नु परेको छ । जबकी अहिले १४ लाख बढी हेक्टरमा धान खेती भइरहेको छ । जसबाट ५० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । 

यो उत्पादनलाई खराब भन्न सकिदैन तर चामलको खपत अनुसार उत्पादन भने थोरै हुने गरेको छ । यसका लागि सरकारले ठोस नीतिका साथ मल, खाद र सिचाईमा विशेष ध्यान दिनुपर्ने संयोजक यादवको भनाई छ ।

पहिला पहाड र दुरदराजका क्षेत्रहरुमा मकै र मकैबाट बनेको परिकार (ढिंडो) लगायतका खानेकुरा बढी खपत हुने गर्दथ्यो भने अहिले पूर्वाधार विकास भएसंगै सबै ठाउँमा चामल खाने बानी बसेको उनी बताउँछन् । 

एकातिर खपत बढेपनि उत्पादनमा भने कमी आएको छ । युवाहरु विदेश पलायन हुन थालेदेखि झन कृषि पेसा धरापमा पर्न लागेको राष्ट्रिय धानबाली अनुसन्धानका किटविज्ञ मोहम्मद फर्सत अलि बताउँछन् ।

उनका अनुसार अहिले अनुसन्धान केन्द्रबाट ७२ वटा धानका बिउहरु उपलब्ध भइरहेका छन् । जसमध्ये तराई क्षेत्रलाई लक्षित गरी थुप्रै हाईब्रीड र सिजनल धानका बिउहरुको पनि विकास गरिएको छ । किसानले कम जग्गामा बढी धान फल्ने बिउहरु खोज्न थालेका छन् । तर सिचाई र मल, खाद्यको समस्याले चाहे जतिको धान उब्जन सकेको छैन ।

धान दिवसलाई देशभरी पर्वको रुपमा मनाइराख्दा पनि धानका लागि अन्य देशमा भरपर्नु परेकाले दिवसको सार्थकता माथि नै प्रश्न उठेको छ ।  सरकारले ठोस नीति नल्याए बाँकी रहेका धान खेत र किसानहरु विस्तारै हराउने सम्भावना रहेको पछिल्लो वर्षहरुको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार