मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अपराधको प्रकृति फेरिँदै: नवलपरासीमा मुद्दा दर्ता र अनुसन्धानको चाप बढ्दो

Ujyalosandeshonline 12431+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

नवलपरासी । नवलपरासीमा वर्षेनी दर्ता हुने आपराधिक मुद्दाको संख्या निरन्तर बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको विवरण अनुसार अपराधका घटनासँगै मुद्दा दर्ता हुने क्रममा उल्लेख्य वृद्धि भएको हो । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चार सय ६८ वटा मुद्दा दर्ता भएकोमा आव २०८१/८२ मा पाँच सय ६५ र आव २०८२/८३ मा बढेर छ सय ६२ पुगेको छ ।

यस अवधिमा मुद्दा दर्ता दर करिब ४२ प्रतिशतले बढेको प्रहरीले जनाएको छ । सोही अवधिमा क्रमशः चार सय ६५, तीन सय ६८ र चार सय ५० वटा मुद्दा फछ्र्योट भएका छन् भने अनुसन्धानको क्रममा रहेका मुद्दाको संख्या पनि बढेर आव २०८२/८३ मा दुई सय १२ पुगेको छ ।

यस्तै फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा दुई सय ५८, आव २०८१/८२ मा तीन सय ७९ र आव २०८२/८३ मा चार सय ५२ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरी उपरीक्षक रामबहादुर केसीले अपराधको प्रकृति जटिल बन्दै गएको र सीमित जनशक्तिका बाबजुद अनुसन्धान तथा सेवा प्रवाहलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी, लागूऔषध विरुद्धको अभियान र साइबर अपराध सचेतना जस्ता कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले यसमा नागरिक समाज, स्थानीय तह र अभिभावकको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रहरीले गत आर्थिक वर्षमा मात्रै सात हजार आठ सय ६१ जना नागरिकलाई विभिन्न प्रहरी सेवा प्रदान गरेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार