मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कर नीति विरुद्ध संघर्षको तयारीमा छौं : प्रभु साह

Ujyalosandeshonline 12437+ समाचार ( )
१ असार २०८२, आइतबार

काठमाडौं । संघीय सांसद तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले वर्तमान सरकारले अगाडि सारेको कर नीतिले आम नागरिक र व्यवसायीहरूलाई संकटमा पारेको भन्दै त्यसविरुद्ध निर्णायक संघर्षको तयारी थालिएको घोषणा गरेका छन् ।

काठमाडौँमा सम्पन्न आम सम्पर्क मञ्चको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारले पटक–पटक करको नाममा जनतामाथि गरेको अन्याय अब सहन नसकिने अवस्थामा पुगेको बताए ।‘सरकार पिच्छे करको नाममा जनतामाथि जुन अत्याचार गरिरहेको छ, त्यो अब सह्य छैन,’ अध्यक्ष साहले भने ।

‘आज नागरिकको पेशा, व्यवसाय, पसल, उद्योग–कारखाना सबै संकटमा परेका छन् । त्यसैले यसविरुद्ध राष्ट्रव्यापी अभियान अपरिहार्य भइसकेको छ,’ उनले भने । 

देवेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सरकारको मनोमानी कर नीतिले सिर्जना गरेको कर आतंकले देशको व्यापार व्यवसाय मात्र होइन, आर्थिक प्रणाली नै अस्थिर बनिरहेको निष्कर्ष निकाल्दै तत्काल प्रतिवादमा उत्रिने निर्णय गरेको हो । बैठकले संगठन विस्तारलाई तीव्र बनाउँदै कर आतंकको विरुद्ध जनस्तरमा जनमत निर्माण गर्ने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

अध्यक्ष साहले कर नीतिको निर्माण प्रक्रियामा साना तथा मझौला व्यवसायी, उद्यमी र प्रभावित वर्गहरूको समुचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । साथै उनले जनताको करदाताको अधिकारमाथि सरकार आफैँले हस्तक्षेप गरिरहेको आरोप लगाए । बैठकमा देशका विभिन्न भागबाट आएका मञ्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आम सम्पर्क मञ्चले आगामी दिनमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको जानकारी पनि दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार