मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जनताको समस्यामा वडाअध्यक्ष चौधरी, भन्छन् – ‘मालिक होइन, जनताको नोकर हुँ’

Ujyalosandeshonline 11005+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरी जनताका समस्या समाधान गर्न आफैं फिल्डमा खटिएका छन् । वर्षाले बिगारेका सडक मर्मतदेखि नदी कटान नियन्त्रण सम्मका काममा उनको सक्रियताले स्थानीयमाझ उनी कुशल जनप्रतिनिधिको छवि बनाइरहेका छन् ।

पछिल्लो समय वर्षाका कारण बिग्रेका सडकहरू मर्मत गर्ने कार्यलाई उनले तीव्रता दिएका छन् । वडाको करुवानी र लोहरौली जोड्ने सडकमा देखिएको समस्या समाधान भइसकेको उनले बताए । ‘म जनतासँग गरेका वाचा पूरा गर्दैछु, जनताको प्रश्नसँग कहिल्यै डराएर भागिनँ,’ अध्यक्ष चौधरीले भने, ‘मेरो वडाको टिम सधैं जनताको सेवामा समर्पित छ । अहिले प्रत्यक्ष देख्न सक्नुहुन्छ, म आफैँ फिल्डमा खटेको छु, मेरो वडाका सदस्यहरू पनि मलाई साथ दिइरहनु भएको छ ।’

सडक मर्मतसँगै उनले रोहिणी नदीले कटान गर्ने बडसरी गाउँलाई सुरक्षित बनाउन पनि पहल थालेका छन् । नदी कटान रोकथामका लागि आवश्यक बोरा संकलन गर्न उनी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भैरहवामा आफैँ पुगेका छन् । ‘जनतालाई दुःख हुनुभएन,’ उनले भने, ‘जनताले जिताएर पठाएपछि जनप्रतिनिधि मालिक होइन, सधैं जनताको नोकर भएर जनताकै बीचमा रहनुपर्छ ।’ आफ्नो कार्यकालभरि जनताको हरेक सुखदुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्ने चौधरीको सक्रियता र जनताप्रतिको समर्पणले वडावासीमा आशा र भरोसा जगाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार