मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

गहुँ जोन सञ्चालन समन्वय समितिको संयोजकमा दुर्गा कुर्मी

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

मर्चवार । रुपन्देहीमा गहुँ जोन सञ्चालन समन्व्य समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत सञ्चालन भएको उक्त समितिलाई शुक्रबार भैरहवामा एक कार्यक्रकाबीच पुर्नगठन भएको हो । 

पुर्नगठित समितिको संयोजकमा कोटहीमाई गाउँपालिका–५ स्थित श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद कुर्मी चयन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए । त्यसै गरी उक्त समितिमा ३ महिला सदस्यसहित ९ जना सदस्य समेत छनौट गरिएको काफ्लेले जानकारी दिए ।

रुपन्देहीमा गहुँ जोन कार्यक्रम कार्यान्वयन भएका मर्चवार क्षेत्रका कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाँउपालिकाको विभिन्न वडाहरुमा सञ्चालनमा छ । सञ्चालनमा रहेका वडाभित्रका कृषि सहकारी संस्था तथा कृषक समूहको तर्फबाट प्रतिनिधित हुने हरेक स्थानीय तहबाट ३ जना प्रतिनिधि छनौट भइ समिति पुर्नगठन गरिएको कार्यक्रमको अध्यक्ष समेत रहेका वरिष्ठ कृषि अधिकृत काफ्लेले बताए  । समितिले जोन क्षेत्र कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भएका भन्दै सबै सदस्यहरु एकताबद्ध भएर आधुनिक उन्नत प्रविधिहरु अवलम्बन गर्दै गहुँ जोनमा पूर्ण यान्त्रिकीकरण गर्न आवश्यक सहयोग गर्न कृषि उनले आग्रह गरे । 

वरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनियाले यसअघिको गहुँ जोन सञ्चालन समन्वय समितिले कार्यालयहरूसँग समन्वय गरी मर्चवार क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । मर्चवार क्षेत्रमा उत्पादन बढाउन तथा परियोजनालाई प्रभावकारी बनाउन नयाँ समितिले पनि उपलब्धीमूलक कार्य गर्ने विश्वास व्यक्त गरे  । नवगठित समितिलाई शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि बनियाले कार्यक्रमको मापदण्डलाई ख्याल राख्दै कृषकको हितको लागि अझै राम्रो कार्य गर्न आग्रह गरेका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि सुरज पाण्डेले गहुँ जोनले अघिल्लो समिति तथा स्थानीय तहसँग समेत समन्वय गरिी गहुँको उत्पादकत्व बृद्धि तथा लागत न्यूनीकरणमा उल्लेखनीय कार्य गरेको बताए । उनले नयाँ समितिले पनि समन्वय तथा सहकार्य गरी उत्कृष्ट कार्य गरोस् भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नवगठित समितिका संयोजक कुर्मीले परियोजना तथा कार्यक्रमको लक्ष्य र उद्देश्यलाई सार्थक बनाउन सबै सरोकारवालासँग सहकार्य तथा समन्वय गरी समितिले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो नेतृत्वमा गठन भएको समितिले उपलब्धीमूलक कार्य गर्ने बताए । 

उक्त कार्यक्रममा निवर्तमान समितिका सदस्यहरूले गहुँ जोन सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा कृषि अधिकृत सौरज विश्वकर्माले समिति गठनको उद्देश्य तथा भूमिकाको बारेमा प्रस्तुतीकरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार