प्रथम माननीय कप क्रीकेट प्रतियोगिता आइतबार देखि

Ujyalosandeshonline 11469+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३(१) अन्तरगतको प्रथम माननीय कप क्रीकेट प्रतियोगिता आइतबारबाट सुरु हुदैछ । क्षेत्र अन्तरगत रहेका १८ वटा वडा, कर्मचारी र सन्चारकर्मी गरि २० वटा टोली विच प्रतियोगिता आयोजना हुने आयोजकले जनाएका छन । 

प्रतियोगीता बारे जानाकारी दिने उद्देश्यले शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले बोल्दै टेनिस बलले १० ओभरको खेल खेलाइने बताए । रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको विशेष पहलमा युवाहरुविच सकारात्मक सोच विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने उनले बताए । प्रतियोगिता ४ गते देखि ८ गते सम्म भैरहवा स्थित सिद्धार्थ क्रीकेट रङ्गशालामा आयोजना हुदैछ । 

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले बोल्दै खेलाडी उत्पादनसंगै युवाहरुलाइ दुर्व्यसनबाट जोगाउनको लागि प्रतियोगिताले सहयोग गर्ने बताए । उनले खेल पर्यटनबाट यो क्षेत्रको विकास गर्न सकिने सोच सहित प्रतियोगिताको आयोजना गरेको बताए । उनले प्रदेशको उपस्थिति देखाउनलाइ भए पनि खेलको आयोजना गरिएको बताए । नेपालका खेलाडीहरु माथी राज्यले कम लगानी गरे पनि यो क्षेत्रमा खेलाडी उत्पाद्न राम्रो रहेकोले यो प्रतियोगिताले अझै सहयोग गर्ने अपेक्षा रहेको बताए । 

पत्रकार सम्मेलनमा रुपन्देही क्रीकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रेस  क्लबका अध्यक्ष कमल रायमाझीले बोलेका थिए । कार्यक्रमको सन्चालन जैनुद्दिन देवानले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार