मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

भैरहवामा धुमधामका साथ मनाईयो हनुमान जयन्ती

Ujyalosandeshonline 11004+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

भैरहवा  । भैरहवामा शनिबार हनुमान जन्मोत्सव मनाइएको छ । श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर–४, रुपन्देही  मारवाडी युवा मञ्च भैरहवा, श्री श्याम मित्र मण्डल, हनुमान मन्दिर मिश्रोलिया लगायतको अलग अलग आयोजनामा भैरहवा तथा यस आसपासमा दिवस मनाईएको हो । जन्मजयन्तीको अवसरमा रुद्र अवतार हनुमान जी को पूजा दर्शन, हनुमान चालिसा पाठ, किर्तन तथा शोभा यात्रा निकालि मनाईएको छ । 

विश्वशान्तिको कामना तथा जनकल्याणका लागि हनुमान जन्मोत्सव मनाउँदै आएको श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर–४, रुपन्देहीका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताउछन् । “सनातन धर्मले सबैलाई एक समान हेरेको छ, कसैलाई काँखा कसैलाई पाखा लगाउनु सनातन धर्म हैन ।” रौनियारले भने “यसै सनातन धर्मको रक्षा संगै संस्कृति, र संस्कारको रक्षा गर्ने उद्देश्यले हामी प्रत्येक वर्ष हनुमान जयन्ती मनाउदै आएका छौं ।”

हनुमान जयन्ती हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण चाड हो । यो दिन भगवान हनुमानको जन्मदिनको रूपमा मनाइन्छ । हनुमानलाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ । र आजको दिन सम्म पनि हनुमान जिवित छन् भन्ने मान्यता सहित पूजाआजा गर्ने गरिएको छ ।

हनुमान जयन्तीको दिन भक्तजनहरू हनुमान मन्दिरमा दर्शन गर्न जान्छन्, विशेष पूजा–अर्चना गर्छन्, हनुमान चालिसा पाठ गर्छन्, भजन–कीर्तन गर्छन् र व्रत बस्छन् । हनुमानजी लाई सिन्दूर, लड्डु र फूलमाला अर्पण गर्ने चलन छ । 

यो दिन भगवान हनुमानको जन्म भएको सम्झनामा मनाइन्छ । हनुमानलाई भगवान रामको निष्ठावान भक्त र सहयोगीको रूपमा पूजा गरिन्छ । उनि शक्ति, साहस, भक्ति र निष्ठाको प्रतीक हुन । हनुमानको पूजा गर्नाले भक्तजनहरूलाई शक्ति, बुद्धि र सुरक्षा प्राप्त हुन्छ भन्ने विश्वास छ ।

भैरहवामा पनि हनुमान जयन्तीको दिन विशेष पूजा संगै विभिन्न झाँकी सहित शोभा यात्रा निकालिएको र हनुमान मन्दिरमा दिनभरि हनुमान चालिसा, प्रसाद वितरण लगायतको कार्यक्रम गरि मनाईएको कार्यक्रम संयोजक त्रिलोकी प्रसाद तेलीले जानकारी दिए । 

संस्कृति, र संस्कारको रक्षा गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रत्येक बर्ष चैत्र शुक्ल पूर्णिमाको दिन रुद्र अवतारको रुपमा रहेका हनुमानको बिभिन्न झाँकी सहित नगर परिक्रमा गर्ने परम्परा रहि आएको छ । हनुमान भक्तहरुले अझै पनि हनुमान जिवितै रहेको विश्व शान्तीको लागी प्रयासरत रहेको मान्यता छ । रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रका रुपमा छन् । हनुमान भन्ने वित्तिकै रामभक्त अनि बलवान भन्ने बुझिन्छ । 

प्रतिक्रिया

Dipendra yadav २९ चैत्र २०८१, शनिबार

Jay ho sanatan dharam ko

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार