मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा

Ujyalosandeshonline 11474+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको वक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यांैता असुल गनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । 

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि  न्यौपानेले २२ अर्ब नेपाल विधुत्त प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर  ट्रंक  लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए । निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ । 

उनले  भने,  ‘२२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे । कुलमानले विद्युत प्राधिकरणलाई जुन अवस्थामा पु¥याएको छ त्यसको विरुद्धमा लाग्न थाले ।’

अधिवक्ता यज्ञमणि  न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायलयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहिन अवस्थामा पुगे पश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेको बताए । 

उनले भने,‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायलयको ढोका ढकढक्याउनुको विकल्प अरु भएन । विकल्पहिन अवस्थामा पुगेपश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेका हौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार