मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राजा महाराजाको कुनै काम छैन : अध्यक्ष नेपाल

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन । उनले जनता भन्दा माथि कोहि नरहेको पनि दाबी गरे । रौतहटको गरुडामा पार्टीको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले राजवादीहरुको तिनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।

उनले राजावादीहरुद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ती जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन । उनले भने,‘चैत्र १५ गते राजावादिहरुले तिनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सवैथोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपुर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन । पार्टीका नवौं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे , रामकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार