मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जाजरकोट भूकम्प :
तिलोत्तमा नगरपालिकाले भुकम्प प्रभावित क्षेत्रमा पठायो स्वास्थ्यकर्मी र औषधी सहितको सहायता सामाग्री : १० लाख आर्थिक सहायता दिने

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

भैरहवा ।  तिलोत्तमा नगरपालिकाले कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ। नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबसट नगरपालिकाले सो निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण  खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। 

नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाएका छन । जनस्वास्थ्य निरिक्षक  रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । उद्धारको टोली नगरपालिकाबाट सामाग्री सहित दिउसो प्रस्थान गरिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार