मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सरकार चुनावमा धेरै पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्ने योजना सहित अगाडि बढेको छः प्रधानमन्त्री कार्की

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्ने र सुधारका लागि सहकार्य जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न नाममा झगडा र विमति राख्दा धेरै क्षति बेहार्नु परेको उल्लेख गर्दै अब थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो । 

उहाँले भन्नुभएको थियो, “नयाँनयाँ समस्या मात्रै ल्याउनेभन्दा पनि देशमा प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ । समस्या मात्रै तेस्र्याएर होइन, सम्हालिएर हिँडौँ । विमतिका कुरा छन्भने आफ्ना मत लिएर जनतामा जाऔँ ।  जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ ।” 

प्रधानमन्त्री कार्कीले आफ्ना लागि र सरकारका लागि कोही आफन्त–पराया नभएको उल्लेख गर्दै कुनै पनि कारणले कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु र अरू जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौं । भ्रष्टाचार प्रकरणका थाती रहेका धेरै मुद्दा अगाडि बढेका छन् । यस मामिलामा पनि चुप लागेर बस्दैनौँ । मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्, यसैमा अल्झिने हो भने देश कहिल्यै उँभो लाग्दैन । त्यसैले सरकार सम्हालिएर अगाडि बढ्छ ।”

प्रधानमन्त्री कार्कीले दण्डहीनतालाई प्रश्रय दिए राम्रो नहुने र यसपालि त्यस्तो हुन नदिने बताउनुभयो । “निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै मारिएका छन् । यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ”, उहाँले भन्नुभयो । सरकार  चुनावमा जति पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका बताउँदै उहाँल स्वच्छ चुनावका लागि मितव्ययी ढङ्गले अगाडि बढ्न राप्रपालगायत सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार