मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

उपनिर्वाचनलाई आगामी बाटो र दृष्टिकोण स्पष्ट गर्ने अवसरको रुपमा लिएका छौं : अध्यक्ष प्रचण्ड

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्यमत दानदिने सम्पूर्ण मतदाताहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रचण्डले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो । हामीले पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै यो निर्वाचनलाई हाम्रो आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा लिएका थियौं।”

उनले पार्टीको विजयलाई उत्साह जनक सफलतालाई संकेत गर्दै भने, “निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट हाम्रो पार्टीले उत्कृष्ट सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ ।”

नेपाली जनताको विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीयलोक तान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र जनताको अवस्था बदल्न महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको उनले उल्लेख गरेका छन् । उनले भने, “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीयतहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, र आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ ।”

उनले यो उपनिर्वाचन मार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीको एजेण्डा र एकल पहिचानका साथ जनादेशको रुपमा लिने घोषणा गर्दै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढता पूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार