मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

Ujyalosandeshonline 11005+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौं । यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्ष (आव) २०८१÷०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघि आव २०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सरकारले आव २०८१÷०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने,‘तयारी सुरु गरिसकेका छौं । चालू आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’ 

चालू आवमा १३ खर्ब १५‍ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ ।  आव २०७१÷०७२ मा ४ खर्ब ५ अर्ब,  २०७२÷०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३÷०७४ मा ६ खर्ब ९ अर्ब, २०७४÷०७५ मा ७ खर्ब २६ अर्ब, २०७५÷०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो । त्यसैगरी २०७६÷०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७÷०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८÷०७९ मा १० खर्ब ६६ अर्ब, २०७९÷०८० मा ९ खर्ब ५७ अर्ब र २०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार