मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नयाँ वर्षको पहिलो दिन ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ हुने

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

पोखरा । कास्कीको गाउँपालिकामा ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्न हेतु पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन आयोजना हुने भएको छ ।

‘सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नारा सहित पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने उक्त सम्मेलन बैशाख १ गते नयाँ वर्ष पारेर आयोजना गर्न लागिएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ । 

शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि बढाइको र सम्मेलनको सबै तयारी पूरा भएको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार कार्यक्रममा वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरि उद्घाटन गरिने र वैशाख २ गते विशेष सत्र प्रस्तुतिका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ । 

कार्यक्रम अन्तर्गत तेस्रो दिन भने योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरि जंगलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरिने पौडेलले बताए ।

खुला सत्रको सन्देश दिनेगरि सञ्चालन गरिने सम्मेलनमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्त बहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमूख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. राम्जी शर्मा, पर्यटन विज्ञ डम्वर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र वुद्धिजीवी डा. अमर नागिला लगायतले आफ्नो वत्तव्य प्रस्तुत गर्नेछन् । 

सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमै फरक सन्देश दिने तथा आगामी सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आवधिक रुपमा सम्मेलन सञ्चालन गर्दै लैजाने आयोजकको योजना छ । ईको टुरिजम प्रालिले ग्रामिण पर्यापर्यटन प्रवद्र्धनका लागि पञ्चासे साँस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरि वार्षिक तीनवटा ईभेन्ट सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार