मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

रुपन्देहीका उम्मेदवारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

Ujyalosandeshonline 12448+ समाचार ( )
२२ माघ २०८२, बुधवार

भैरहवा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीका राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीद्वारा भैरहवामा आयोजित सर्वपक्षीय अन्तरक्रियामा सहभागी उम्मेदवारहरूले निर्वाचनलाई स्वच्छ, भयरहित र कम खर्चिलो बनाउन आचारसंहिताको कार्यान्वयनमा सहमति जनाएका हुन् ।

कार्यक्रममा बोल्दै रुपन्देही–३ का एमाले उम्मेदवार बासुदेव पौडेलले व्यवहारिक कठिनाइका बाबजुद आचारसंहिता पालना गर्न आफू प्रतिबद्ध रहेको बताए । अन्य सहभागीहरूले विगतमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गर्दै साना र ठूला दललाई समान व्यवहार गरिनुपर्ने, सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्ने र दर्ता नभएका सञ्चारमाध्यमको प्रयोग रोक्नुपर्नेमा जोड दिए । स्वतन्त्र उम्मेदवारहरूले पूरा गर्न नसकिने भ्रामक घोषणापत्र र जथाभावी डिजे बजाउने कार्यमाथि निगरानी गर्न माग गरेका थिए । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले आचारसंहिता उल्लंघन भएमा उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिँदै भड्किलो प्रचार रोक्न आग्रह गरे । त्यस्तै, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकोले ढुक्क भएर मतदानको वातावरण बन्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार