मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अनलाइन सट्टावाजीमा संलग्न १४ जना भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

भैरहवा । अनलाइन सट्टेबाजीश (जुवा) खेलाउने १४ जना भारतीय नागरिकहरूलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका –३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा अवैध रुपमा अनलाइन गेममार्फत ( जुवा सट्टाबाजी) सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन पौडेलले बताए ।

‘वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु ल्डसै एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज००७, क्लासिकएक्ससीएच९९, गोएक्ससीएच९ लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ (जुवा सट्टावाजी) सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो, ’डीएसपी पौडेलले भने । उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । 

रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थानाका ३३ वर्षिय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षिय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षिय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षिय अनुराग सिंह, सोही स्थानका १९ वर्षिय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षिय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षिय रजत कुमार रहेका छन् ।

त्यसै गरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षिय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षिय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षिय अवधेश कुमार, १८ वर्षिय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षिय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षिय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षिय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार