मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दोगहरा कादरिया जामा मस्जिदको पुर्ननिर्माण सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ माघ २०८०, बुधवार

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहरास्थित कादरिया जामा मस्जिदको पुर्ननिर्माण सुरु गरिएको छ । बिहीबार शिलान्यास भएसँगै मस्जिदको पुर्ननिर्माण सुरु भएको हो ।

वडामा रहेको धेरै पुरानो मस्जिद जीर्ण अवस्था रहेको र विशेष गरी वर्षायाममा मजिस्दभित्रै पानी जम्दा समस्या भएकाले पुर्ननिर्माण थालिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले भने, ‘मस्जिदमा नवाज पढ्न पनि समस्या भइरहेको थियो । यही समस्यालाई मध्यनजर गर्दै पुर्ननिर्माण सुरु गरिएको हो। ’

११ धुर जग्गामा रहेको मस्जिदको पुर्ननिर्माण सुरु गरिएको सिद्धार्थनगर–४ का वडा सदस्य सईद अहमद धुनियाले जानकारी दिए ।कादरिया जामा मस्जिदको सुफी मौलाना सिद्दिकी (सेरे नेपाल) ले शिलान्यास गर्नुभएको मदरसा कादरिया मिसबाहुल ओलुम व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अलीले बताए । उनले भवन पुर्ननिर्माण सुरु हुँदा खुसीको अनुभुति भएको बताए ।

शिलान्यास कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्यहरु हरि बहादुर के.सी., सईद अहमद धुनिया, प्रहरी, कर्मचारी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

मस्जिद निर्माणको जिम्मा प्रितम बिल्डर्सले सिद्धार्थनगर नगरपालिका–४ ले पाएको छ । ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले रु. १९ लाख ३४ हजार ४ सय ३ रुपैयाँमा २०८१ जेठ २७ गतेसम्म मस्जिद (भवन) निर्माण गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार