मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भूकम्प प्रभावितलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा १२ लाखको राहत सामग्री सहयोग

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले जाजरकोटका भूकम्पप्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । नगरकार्यपालिकाको बसेको बैठकबाट भूकम्पप्रभावित परिवारलाई १२ लाख बराबरको खाद्यन्न सामाग्री सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडा नम्बर ४ का अध्यक्षा विनोद कुमार श्रीवास्तव, वडा नम्बर ६ का वडाअध्यक्ष नईमुलहक मुसलमान, नगरपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक शेषराम यादवसहितको टीमले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो राहत सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई हस्तान्तरण गर्दै नगरप्रमुख सजरुद्दीन मुसलमानले विपदले निम्ताएको घाउलाई नगरपालिकाले मलम लगाउने प्रयास गरेको बताए । सरकारले चालेको एकद्वार प्रणाली अन्र्तगत यी राहत सामग्री भूकम्पप्रभावित परिवारले पाएको पक्कै पनि महसुस गर्ने अपेक्षा समेत मेयरले राखे । उनले नगरपालिकाले आवश्यक पर्ने सहयोग आगामी दिनमा गर्ने बताउँदै भूकम्पबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना हरिजनले नगरपालिकाले मानवीय सेवा गरेको बताइन् । मानिसलाई आपतविपत परेको बेला सरकार नजिक हुनु नै स्थानीय सरकारको दायित्व भएको उपप्रमुख हरिजनले उल्लेख गरिन् । उनले तीनै तहको सरकारले भूकम्पप्रभावितलाई उचित राहत उपलब्ध गराउने अनुरोध गर्दै विभिन्न सामाजिक संस्थाहरुलाई राहत अभियानमा सरिक हुन अपील गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल,ध्रुव बहादुर कुंवरलगायतको उपस्थिति रहेको थियो । कात्तिक १७ गते शुक्रबार जाजकोट जिल्लालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भुकम्प गएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार